२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीबाट पाँच सय घरपरिवार समस्यामा

अ+ अ-

पोखरा । गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिए ।

बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरालगायत स्थानमा क्षति पुर्‍याएको बताउँदै उनले लगभग १०० घर उच्च जोखिममा रहेको छ भने । फेवातालको सिरमा रहेको सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाग्राम बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको दानबहादुरले जानकारी दिए ।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन । खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको उनले जानकारी दिए ।हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास गरिएको वडाध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।

यसअघि २०७२ सालमा आएको बाढीका कारण उक्त क्षेत्रमा ठूलै क्षति पुर्‍याएको थियो । बाढीले पोखरा २४ मा टङ्कबहादुर खड्काले सञ्चालन गरेको समाज सुधार कृषि फार्ममा १२५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुबानमा पर्नेमा पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घरमा पानी पसेको छ ।

नेपालको चेरापुँजीको नामले परिचित पोखरालगायत आसपासको क्षेत्रमा वर्षात्को समयमा पानी नपरी खेत बाँझै रहेका अवस्थामा अहिले अत्यधिक मात्रामा पानी पर्दा स्थानीयवसासी त्रस्त छन् ।

प्रतिक्रिया दिनुहोस