३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश हेक्टर जमीनमा फूलखेती

अ+ अ-

बनेपा । व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकका अध्यक्ष वीरेन्द्रबहादुर श्रेष्ठले बताए ।

उनका अनुसार पछिल्लो समयमा ३० भन्दा बढी किसानले फूलखेती गर्दै आएका छन् । व्यावसायिकरूपमा नै खेती गर्दै आएका किसानले करीब १५ करोडसम्मको लगानी गरी खेतीलाई अगाडि बढाइरहेका श्रेष्ठको भनाइ छ । उनका अनुसार यस वर्ष मात्रै काभ्रेपलाञ्चोकमा चार करोड एक लाख बराबरको फूलको कारोवार भएको छ । “करीब ३०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका र जसमा ७० प्रतिशत महिलाले काम गरिरहेका छन्”, उनले भने, “त्यसरी गरिरहेको खेतीमा विभिन्न जातका फूलका साथै रैथानै जातका फूलको पनि खेती हुँदै आएको छ ।”

त्यसरी व्यवसाय गर्दै आइरहेको फूलखेतीको विस्तार, विकास र प्रवर्द्धन गर्न प्रचुर सम्भावना रहेको व्यवसायीले बताएका छन् । काभ्रेपलाञ्चोक भौगोलिकरूपमा फूलखेतीका लागि उपयुक्त वातावरण भएका कारण फूलखेतीका लागि धेरै सम्भावना बोकेको व्यवसायीको भनाइ छ । यहाँबाट कठमाडौंमा बिक्री हुँदै आएको कट्फ्लावरको माग निकै बढेको व्यवसायीले बताएका छन् ।

यसरी सम्भावना रहेको खेतीको व्यावसायिक विस्तार गर्न भने लगानीको अभाव र पर्याप्त मात्रामा बजार नहुँदा समस्या व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । त्यससँगै दक्ष जनशक्तिको अभाव हुनु, दीर्घकालीन योजनाको अभाव, न्यून साधन स्रोत, उद्यमशीलतको अभाव र अनुसन्धानमा सरकारको लगानी नहुनुलगायतका समस्या रहेका व्यवसायी बताउँछन् । त्यस्तै व्यावसायिक शिक्षा, सूचना र तालीमको अपर्याप्ततासँगै गर्दै आएको व्यवसायमा खेतीसम्बन्धी प्रविधि तथा प्राविधिकको उपलब्धता सीमित हुनुका साथै बाढी, पहिरो, असिना र वर्षाका कारण क्षति हुने भएकाले समस्या ब्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । फूलखेतीमा बीमाको व्यवस्था नहुँदा किसान थप मर्कामा छन् ।

त्यस्तै समस्या र सम्भावनाको बीचमा पनि विसं २०५६ देखि व्यावसायिकरूपमा सङ्गठित भई पेशाप्रति निष्ठावान तथा लगनशीलताका साथ कार्य गर्दै पुष्प व्यवसायलाई काभ्रेपलाञ्चोकमा फ्लोरिकल्चर एशोसिएसन नेपालमार्फत फरक उद्योगका रुपमा आफूहरुले स्थापना गर्न सफल भएको संस्थाका सचिव एवं बुद्ध नर्सरी तथा फलफूल फार्मका सञ्चालक शम्भु तामाङले बताए ।

पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, रोशी गाउँपालिका, चौरीदेउराली गाउँपालिकासहित जिल्लाका अधिकांश स्थानीय सरकारमार्फत पनि कृषि क्याम्पस सञ्चालन हुनुका साथै कृषि विषयमा निजी संस्थाले अध्यापन गराइरहेको अवस्थामा विषयगतरूपमा पुष्प व्यवसायको पनि पाठ्यक्रममा समायोजन गर्न सकिए अझ व्यावसायीकरण गर्न सहजरुपमा युवाहरु आकर्षित हुने सम्भवाना रहेको तामाङ बताउँछन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजू श्रेष्ठले पुष्प व्यवसाय धेरै लगानीमा गर्ने खेती भएकाले नगरपालिकाले रु दुई÷चार लाख बजेट छुट्याएर मात्रै व्यावासायिक प्रवर्द्धन हुन नसक्ने उल्लेख गर्दै नगरपालिका र संस्थाबीचको समन्वय गरी काम गर्न जरुरी रहेको बताए । फूलको महत्व र आवश्यकता जन्मदेखि अन्त्यसम्मको लागि समेत भएकाले स्थानीय सरकारले पुष्प व्यवसायीको व्यावसायिक प्रवर्द्धनका लागि नीति नै बनाएर बजेट व्यवस्थान गर्न सके फूलखेतीको प्रचुर सम्भावना रहेको श्रेष्ठले बताए ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पुष्प व्यवसायीलाई बजार प्रवर्द्धनमा केन्द्रित भएर बजारीकरणमा जोड दिन आग्रह गरे । व्यवसायीले आफ्नो व्यावसायिक उत्पादन गरेर मात्रै नभई त्यसको महत्वलाई बुझाएर बजारीकरणको लागि पनि उत्तिकै प्रयत्न गर्न जरुरी रहेको उनको सुझाव छ । “व्यावसायिक प्रवर्द्धनका लागि स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने काममा सहयोग गर्न तयार छौँ”, ब्याञ्जुले भने । काभ्रेपलाञ्चोकमा व्यवसायीले कार्नेसन, जरवेरा, रोज, लिमुनियम, मेरीगोल्ड, गोदावरीलगायतका फूलको खेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस