१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी टोलीद्वारा सम्पदा अवलोकन

अ+ अ-

भक्तपुर । ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी टोलीले भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । उक्त टोलीले आज भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गरेको हो ।

चीनको ‘लाञ्जााउ कमिटी अफ द सिपिपिसिसी’का उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट आफूहरु उत्साहित भएको बताए । ‘नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ, काठमाडौँ बसाइ रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह तथा नेपालीको सम्पदाप्रतिको सम्मान देखेर म निकै प्रभावित भएँ’, उनले भने । उनले आफूले यहाँको सांस्कृतिक सम्पदाबारे सुनेको तर यहाँ आएर हेर्दा निकै प्रभावित भएको बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँगै चन्द्रागिरिको अवलोकन भ्रमणपछि सिओहाङ नेतृत्वको टोलीले स्वयम्भूको समेत अवलोकन भ्रमण गरेको थियो ।

यस्तै भक्तपुरको अवलोकन भ्रमणमा आएका भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंहले नेपालको प्राकृतिक सम्पदाबाट प्रभावित भएको बताए । उनले यहाँका सम्पदाबारे आफ्नो नगरका बासिन्दालाई जानकारी गराउने बताए । “पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्छु’, उनले भने । विज्ञान सङ्ग्रहालयको अवलोकनपछि आफू झन प्रभावित भएको भन्दै सिंहले नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गरे ।

यस्तै भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीले नेपाल सम्पदा संरक्षण र विकासको गतिमा अघि बढेको भन्दै खुशी व्यक्त गरे । यहाँको संस्कृतिबाट आफू प्रभावित भएको दोर्जीले बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित विदेशी पाहुनाले भक्तपुरको सांस्कृतिक सम्पदाको भ्रमण गरेका हुन् । प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामू चिनाउने उद्देश्यले विदेशी पाहुनालाई आमन्त्रण गरिएको बताए । ‘विदेशी पाहुनाको भ्रमणले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ’ उनले भने । विदेशी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस