३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु प्रकोपबारे सभामुखद्वारा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले हालै मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउदैँ यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गरेका हुन् ।

सभामुख महराले भने, ‘केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आएका छन्, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।’

आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेङ्गु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गरेका थिए ।

उनीहरुले महामारीको रुपमा फैलिएको भनिएको डेङ्गुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

शून्य पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेङ्गुबारे सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गरे ।

‘अब कतिजना सांसदलाई डेङ्गो भएपछि सरकारको ध्यानाकर्षण हुने हो ? यस विषयमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्यो,’ उनले भने। नेकपाकै सांसद खगराज अधिकारीले डेङ्गो रोगको प्रकोप हो या महामारीकै रुप लिएको हो ? भनी प्रश्न गर्दै यसबारे सरकारको स्पष्ट धारणा माग गरे ।

उनले भने, ‘मुलुकभर डेङ्गुबारे व्यापक हल्ला फिँजिएको छ, प्रयोग मात्र होकी महामारीकै रुप लिएको हो ? यदि त्यसो हो भने सांसदलगायत सबैले महामारी समाप्त पार्न योजनाबद्ध कार्यक्रम ल्याउनुपर्छ ।’

सांसद सांसद जुलीकुमारी महतोले पनि डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे । उनले ठूला पूर्वाधारमा लगानी बढाउने नीति तथा लगानीमैत्री वातावरण सिर्जना गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसकी उमा रेग्मीले डेङ्गुको महामारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै हरेक वर्षजसो यस विषयमा हल्ला हुँदा पनि कीट प्रकोप नियन्त्रणका लागि ध्यान किन दिइएन भनी प्रश्न गरे ।

कांग्रेसकै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सुजाता परियारलगायतले डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ नदिएको भन्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराए ।

सांसद गगन थापाले काठमाडौंकै एक विद्यालयका प्रधानाध्यापकले सुत्केरी महिलालाई बिदा नदिएर अमानवीय व्यवहार गरेको विषय आपत्तिजनक छ भन्दै त्यसमा संलग्नलाई कानूनी कारवाही गर्न माग गरे।

सांसद गणेश विकले मुलुकमा बढ्दो व्यापार घाटा नियन्त्रणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न सरकार समक्ष माग गरे ।

सांसद घनश्याम खतिवडाले एनसेल प्रकरणले राज्यलाई ठगी गरेको आरोप लगाउँदै यसको कर असुलीबारे सरकारको धारणा माग गरे। सांसद शेष चादताराले पछिल्ला दिनमा बालबालिका हराउने क्रम बढेको र चितवन, भक्तपुरलगायत जिल्लाबाट हराइरहेका बालबालिकाको खोजी गर्न तथा काठमाडौँका विभिन्न नाकामा निगरानी बढाउन ध्यानाकर्षण गराए ।

सांसदहरु उमाशङ्कर अरगरिया, आशाकुमारी विक, इन्दुकुमारी शर्मालगायतले तराई–मधेशमा केहीसमयअघि बाढीको प्रकोपसँगै अहिले पुनःवर्षात् नभएपछि खडेरीले कृषिजन्य बालीनाली नस्ट भएको भन्दै तत्काल सुक्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस