३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु फैलिन नदिन लार्भा नष्ट अभियान

अ+ अ-

राँझा । बाँकेमा डेङ्गु रोगको सङ्क्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् ।

खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ । अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए । उनका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिनेछ । गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेङ्गु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।

भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपानन्द अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बाँकेमा हालसम्म डेङ्गुु रोगबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका छन् भने अन्य छ जना बाहिरी जिल्लाका बिरामी रहेका छन् ।

बाँकेभन्दा अन्य जिल्लाबाट नेपालगञ्ज आएका व्यक्ति बिरामी भई अस्पताल आउँदा डेङ्गु फेला परेको हो । बाँके जिल्लामा ठूलो समस्याको रूपमा नदेखिए पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम रहेकोले पूर्वसतर्कता अपनाउनु पर्ने डा. अधिकारीको भनाइ छ ।

डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालयले आवश्यक तयारी गरेको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए । उनका अनुसार डेङ्गु रोग फैलाउने लामखुट्टे नियन्त्रण र स्वास्थ्य सचेतनाका लागि प्रचारप्रसारको काम स्वास्थ्य कार्यालयले गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस