३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरमा १२ जनामा भेटियो डेङ्गु सङ्क्रमण

अ+ अ-

विराटनगर । विराटनगरमा १२ जनामा डेङ्गु रोगको सङक्रमण भेटिएको छ ।

सङ्क्रमित सबै विराटनगरस्थित प्रादेशिक (कोशी) अस्पतालमा उपचार गराइरहेको चिकित्सक डा. सङ्ज्ञा ज्ञावलीले बताइन् । ती सबै सङ्क्रमित मोरङ र सुनसरीका छन् ।

डेङ्गुको संक्रमण बढेपछि विराटनगर महानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । डेङ्गु रोगको सङक्रमणविरुद्ध जनचेतना जगाउँदै डेङ्गुको सङक्रमण हुने स्थानको पहिचान गरी डेङ्गु सार्ने लामखुट्टे, त्यसका लार्भा र प्युपा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ ।

डेङ्गु ज्वरोको नियन्त्रणका लागि घरको सरसफाइ, घरवरिपरि पानी जम्न नदिने, खाल्डो पुरेर राख्ने, पानी जथाभावी जमाएर नराख्ने, बोतल वा फूलदानीमा पानी नराख्ने, घर अगाडि बाटोमा भएका टायर र ड्रमहरुमा पानी जम्न नदिने र आफूले थाहा पाएको सरसफाइसम्बन्धी जानकारी छिमेकीलाई दिएमा यसको नियन्त्रणमा सहयोग पुग्ने सुझाव डा. ज्ञावलीको छ ।

अस्पतालमा आजसम्म डेङ्गु पहिचान गर्ने किटको भने अभाव नरहेको उनले जानकारी दिइन् । डेङ्गु रोगबाट बच्न दिउँसो हिँड्दा शरीर पूरा छोपिने, कपडा लगाएर हिँड्ने, सुत्केरी, बच्चा र सबैले झुलको प्रयोग गर्ने, धेरै मानिस आवतजावत हुने स्थानमा नजाने आदि सुझाव चिकित्सकले दिएकी छन् ।

उच्च ज्वरो आउनु, शरीरका जोर्नीहरु दुख्नु, आँखाका गेडीहरु दुख्ने, शरीरमा रातो धब्बा देखिनु र वाकवाक लाग्ने भएमा डेङ्गुको सङ्क्रमण भएको भन्ने बुझनुपर्ने र यस्ता खाल्को लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर तत्कालै उपचार गराउनुपर्ने सल्लाह चिकित्सकको छ ।

प्रतिक्रिया दिनुहोस