३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एसिड पीडित खातुनलाई न्याय दिलाइने’

अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एसिड आक्रमणबाट पीडित भई उपचारारत मुस्कान खातुनलाई भेटी दोषीलाई कडा कारवाही गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियुमा रहेकी पर्साकी खातुनलाई भेट्न पुगेका मन्त्री यादवले निर्दोष बालिकामाथि गरिएको आक्रमण ठूलो अपराध भएको विचार व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए ।

उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै यस्ता खालका अपराधमा सङ्लग्नलाई हदैसम्मको कारवाही गरिने विश्वास व्यक्त गर्दै मन्त्री यादवले घटनालाई जोडेर कुनै क्षेत्र विशेषलाई बदनाम नगराउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले पनि दोषीलाई कानून बमोजिम कडा कारवाही गरी यस्ता घटना रोक्नका लागि पहल गरिने विश्वास व्यक्त गरे । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज–१३ श्रीपुर निवासी १५ वर्षीया खातुनमाथि गत शुक्रबार एसिड प्रहार भएको हो । खातुनको अनुहार, हात र शरीरका केही भाग एसिडले जलेका छन् ।

एसिड प्रहार गर्नेमाथि ज्यान मुद्दाको तयारी

वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी खातुन माथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका युवालाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतले आज पाँच दिनको म्याद दिएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिन म्याद थपको माग गरे पनि अदालतले पहिलो पटकका लागि पाँच दिन म्याद दिएको हो ।

गत शुक्रबार बिहान विद्यालय जानेक्रममा खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई शनिबार पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाई अदालतमा उपस्थित गराई ज्यान मार्ने उद्योग र फौजदारी कार्यविधिको ‘कुरुप बनाउने कसुर’ मुद्दामा अनुसन्धान गर्न सो म्याद दिइएको जिल्ला अदालतका से्रस्तादार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मुस्कानको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । पीडितको उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस