२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्थित र विधिवत् रुपमा आउने समस्यालाई सम्बोधन गर्छाै : उपप्रम पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक एकल महिला तथा घाइते परिवारको संरक्षणमा सरकार अविचलित र दृढ भएर उभिरहेको स्पष्ट पारेका छन् ।

सैनिक एकल महिला तथा घाइते परिवार सङ्घको सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित राष्ट्रिय कार्यशालामा उनले सैनिक सङ्गठनसँग जोडिएका व्यवस्थित र विधिवतरुपमा आउने समस्यालाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘सरकार तपाईहरुका पीडालाई कम गर्ने कार्यमा प्रतिबद्ध छ, समस्या समाधानसहित प्राथमिकता तोकेर आएको प्रस्ताव कार्यान्वयन गर्न मन्त्रालय तयार छ ।’ सैनिक एकल महिला तथा घाइते परिवार संघका संरक्षक लिली थापाले द्वन्दपीडितले न्याय पाएको महसुस नगरुन्जेल मुलुकमा संक्रमणकालको अन्त्य भएको मान्न नसकिने धारणा व्यक्त गरिन् ।

उनले भने, ‘सैनिक एकल महिला तथा घाइते परिवारलाई सहयोग र राहत दिने सवालमा विगतको तुलनामा अहिले नीतिगत रुपमा फड्को मारेको अवस्था छ, यसअघि उपलब्ध हुँदै आएको जीवन निर्वाह भत्ता कटौती नगरियोस्, काठमाडौं उपत्यकामा वीर सैनिकका गाथा समेटिएको सैनिक स्मारक बनाइयोस् ।’

संघका अध्यक्ष शोभा विसी, सचिव वसन्त पोखरेल र प्रतिनिधि गुन्ज कार्कीले सैनिक एकल महिला तथा घाइतेको पुनःस्थापनाको व्यवस्था गर्न, सन्ततीको शिक्षाका लागि उपलब्ध हुँदै आएको रकम समयसापेक्ष तुल्याउन माग गरिन् । देशमा भएको १० वर्षेद्वन्द्वको अन्त्यसँगै विसं २०६४ मा गठन भएको संघमा मुलुकभर आठ हजारको सङ्ख्यामा सैनिक एकल महिला तथा घाइते आबद्ध रहेका सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस