काठमाडौँ । विवाहको वहानामा नेपाली युवतीलाई चीन तस्करी गर्ने गिरोह पक्राउ परेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखनविखन अनुसन्धान ब्युरो, बबरमहल काठमाडौले ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गर्दै ४ जना पीडित महिलाको उद्धारसमेत गरेको छ ।
पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे रहेका छन् ।
त्यस्तै, चिनियाँ नागरिक जिङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ज्यान पिङ र क्वीन लियाङ छन् ।
चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्तासमेत बनाएर चीन लाने गरेको अनुसन्धानमा देखिएको छ ।
नेपाली र चिनिया दलालहरुले गाँउ देखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरि बिवाह गराउने गरेको पाईएको ब्यूरोले जनाएको छ ।