३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरे । उनले भने, ‘आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी प्रश्न गरे । नेकपाका वसन्त नेम्वाङले सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे ।

देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने भनाइ उनले राखे ।

सांसद नेम्वाङले सबै नेपाली जनताको घरघरमा उज्यालो पुर्‍याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताए ।

नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराए । उनले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि शिक्षा र स्वास्थ्य पेशा व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरे ।

सोही दलका हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भए पनि कुनै निष्कर्षमा पुर्‍याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस