९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजमार्फत सकारात्मक सन्देश प्रवाह गरौँ : सभामुख घर्ती

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले सकारात्मक सन्देश प्रवाह गर्दै तीज मनाउनुपर्ने बताएका छन् ।

तीजका अवसरमा प्रदेशसभा सचिवालयद्वारा आज बुटवलमा आयोजित तीज मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले तीज मनाउने नाममा अनावश्यक तडकभडक तथा गहना र कपडाको प्रदर्शन नगर्न सुझाव दिए ।

प्रदेशसभा उपसभामुख कृष्णी थारूले तीजका नाममा चलिआएका गलत संस्कार र परम्परालाई सुधार गर्दै जानुपर्ने बताए ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले नियम कानूनमा महिला अधिकारले प्राथमिकता पाए पनि गलत परम्पराका कारण महिलाहरु पछाडि परेको धारणा राखे ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशमा के कस्ता कानून निर्माण हुँदैछन् भन्ने हेक्का राख्न जरुरी रहेको बताउँदै महिलाका पक्षमा कानून निर्माणका लागि एकमत हुन प्रदेशसभा सदस्यहरुलाई आग्रह गरे ।

प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्मा, कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव, नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, नेपाली काँग्रेस सचेतक निर्मला क्षेत्री, राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य कल्पना पाण्डे, राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य तारा जिसी, नेपाली काँग्रेस प्रदेशसभा सदस्य रमा अर्याल, प्रदेशसभा सचिवालयका कानून अधिकृत सीता घिमिरे लगायतले तीज पर्वको आफ्नै मौलिकता र विशेषता रहेकाले यसलाई महिलाका पक्षमा आवाज उठाउने पर्वका रुपमा मनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस