२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष तिमिल्सिनालाई रामग्राममा सम्मान

अ+ अ-

परासी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ । स्तुपको विकासमा योगदान पुर्‍याएको भन्दै उनलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उनलाई सम्मान गरेका हुन् ।

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकनका लागि आज बिहान यहाँ आएका अध्यक्ष तिमिल्सिनाले स्तुपको विकासका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेट विनियोजनमा भूमिका खेलेका थिए । अध्यक्ष तिमिल्सिना गत वर्ष नै रामग्राम स्तुपको भ्रमणमा आउँदा यहाँको विकास पछि रहेको भन्दै यसको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनको पहलमा स्तुपका लागि आव २०७५÷७६ मा ५० लाख र चालु आवमा पनि ५० लाख बजेट विनियोजन भएको राष्ट्रियसभा सदस्य रामलखन हरिजनले जानकारी दिउ। गत आवमा विनियोजित बजेटबाट स्तुपमा पर्यटकका लागि विश्रामगृह निर्माणाधीन अवस्थामा छ भने यस वर्ष विनियोजन गरिएको बजेटबाट पनि स्तुपको विकासका लागि खर्च गरिने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले आफूले गरेको प्रतिबद्धताअनुसार स्तुपको विकासमा चासो र अग्रसरता देखाउनुभएकाले सम्मान गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताए । नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारी, केन्द्रीय सदस्य मोहन पौडेल र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्यायले रामग्राम स्तुप बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल भएर पनि यहाँको भौतिक विकास नभएकाले आगामी दिनमा त्यसतर्फ पनि पहल गरिदिन आग्रह गरेका थिए ।

सो अवसरमा राष्ट्रियसभा सदस्य हरिजन, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीलगायत स्थानीयवासीले पनि उहाँलाई स्तुपमा स्वागत गरेका थिए । अध्यक्ष तिमिल्सिना आजै रामग्राम नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस