सिंहदरवारमै मृत कर्मचारीको सुसाइड नोट : आफ्नै कारणले आत्महत्या गरेँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवारमै मृत कर्मचारीको सुसाइड नोट : आफ्नै कारणले आत्महत्या गरेँ


३ भाद्र २०७६, मंगलबार


काठमाडौँ । सिँहदरवारमा मृत फेला परेका राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चुराम केसीको साथबाट सुसाइड नोट फेला परेको छ।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुसाइड नोटमा उनले आफ्नै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

पत्रकार वा अन्यले अर्को अर्थ नलाएर कसैलाई दुख नदिन पनि सुसाइड नोटमा उल्लेख गरिएको छ।

मङ्गलवार बिहान कार्यालय समयमा सिँहदरवारस्थित आयोगकै कार्यालयमा मृत फेला परेका उनले सोमबार साँझै नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उनको शव नजिकै कीटनाशक औषधिको कभर र केराको बोक्रासमेत भेटिएको छ । उनले केरामा विष मिसाएर खाएर आत्महत्या गरेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

र यो पनि

योजना आयोगका एक कर्मचारी सिंहदरवारमा मृत भेटिए

Tags :
प्रतिक्रिया दिनुहोस