१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के भाजपा नेताका छोराले आत्महत्या गर्नुको कारण जागिर गुमाउने डर थियो ?

अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आत्महत्या गरेका छन् ।

२६ वर्षका कुमार आशिष ‘टाटा मोटर्स’ को लागि काम गर्ने कम्पनी ‘अटोमेटिक एक्सेला’ मा काम गर्थे । आत्महत्या गर्नु एक घण्टा अघिमात्र उनी श्रीमतीलाई भेट्न उनको कलेज गएका थिए । त्यसपछि उनी आफ्ना साथीसँग एकछिन घुमे ।

त्यसपछि घर फर्किए र पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई कथित रुपमा अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर जाने हो कि भन्ने डर थियो ।

यद्यपि, उनले आफ्नी श्रीमती र साथीहरुलाई उनी तनाव भएको बारे सानो शंका पनि दिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । अब पुलिसले उनको आत्महत्याको वास्तविक कारण बारे पत्ता लगाउने कोसिस गरिरहेको छ ।

जमशेदपुरका एसपी सुभाष चन्द्र जाटले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पुलिसलाई अहिले जति पनि कुरा थाहा भएको छ त्यसमध्ये एउटा कारण जब इनसिक्योरिटी (जागिरको विषयमा असुरक्षाको भावना) पनि छ । यद्यपि, उनी हिजो पनि अफिस गएका थिए । त्यसकारण आत्महत्याको मूल कारण पत्ता लगाउन केही समय लाग्नेछ ।’

काममा जान डराएका थिए

आशिषका पिता कुमार विश्वजीत पनि भाजपाका सदस्य हुनुका साथै टाटा स्टिलका लागि सम्झौतामा काम गर्दथे । उनका अनुसार आशिषको टिस्को नामको कम्पनीमा पनि तालिम पछि परीक्षण भइरहेको थियो ।

‘तालिमको प्रक्रिया पूरा गर्न थोरै कठिन छ । कर्मचारीलाई डर छ कि यदि परीक्षणमा फेल भए अर्को दिन उनीहरुको गेट पास बन्छ बन्दैन भन्ने डर हुन्छ । यस्तोमा उनीहरुलाई आफ्नो जागिरको पनि चिन्ता हुन्छ ।’

कुमार विश्वजीतले बीबीसीसँग भने, ‘केही दिन अघि घरमा हामीले मेरो जागिर खोसियो भने घर कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थियौं । त्यतिबेला मेरो छोराले उनको जागिर पनि धरापमा भएको बताएका थिए ।’

‘तर यो नै उनको आत्महत्याको कारण हो भनेर हामी किटान गर्न सक्दैनौं किनभने उनले परिवारका कोहीसँग पनि यसबारे कुराकानी गरेका थिएनन् । आशिषले आफ्नी श्रीमतीलाई समेत केही भनेका थिएनन् । त्यसकारण उनले अचानक आत्महत्या किन गरे, यो भन्न मुश्किल छ ।’

प्रतिक्रिया दिनुहोस