कैलाली । गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका-५ भैरा बस्ने २३ वर्षीय राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटल जाँच गर्ने क्रममा कोठा नम्बर १ सय ११ मा बसेका उनीहरुलाई उक्त परिमाणको छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।