काठमाडौँ । राजधानीको कलंकीमाई मन्दिरछेऊ स्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार गरिएको छ ।
सोमबार राति करिब ९ बजेको समयमा शर्माकी छोरी अध्ययन गरिरहेको कोठामा सिसामा गोली प्रहार भएको हो ।
घटना लगत्तै प्रहरीलाई खबर गरेपछि काठमाडौँ प्रहरी परिसरको टोलीले २ दशमलव २ एमएमको गोली फेला परेको छ ।
गोली कसले र किन चलायो भन्ने विषयमा खुल्न सकेको छैन । यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।