२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र भारतका बीच पारवाहनका बिषयमा सहज व्यवस्था हुन आवश्यक : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।

आज नेपाल उधोग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भनेका छन् । ‘हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने “व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ । ‘

प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको उल्लेख गरेका छन् ‘ हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ ‘ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले भने ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ । ‘

प्रतिक्रिया दिनुहोस