२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हनिट्रयाप’ मा पारी ४० लाख फिरौती माग्ने चार जना पक्राउ

अ+ अ-

झापा । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-१ घर भएकी २० वर्षीया रितु फियाक लिम्वु र बिर्तामोड नगरपालिका-४ बस्ने भारत किसनगञ्ज घर भएका मामा भाञ्जा ग्यारेजमा काम गर्ने २५ वर्षीय प्रकाश दास रहेका छन् ।

उनीहरुको साथबाट बा.१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १ सय मिलिको शिलप्याक बोतल ३ थान, प्रोप्रानोल लेखिएको १५ चक्की, निट्रोसन १० लेखिएको ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु १ थान तथा समेत प्रहरीले बरामद गरेको छ । सुजन विकले भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्ड समेत बनाएको खुल्न आएको छ ।

बिर्तामोड नगरपालिका-४ मा व्यवसाय गरी बस्ने एक व्यवसायीलाई जोया नाम बताउने केटीले असार २८ गतेदेखि इमो र मोवाइलवाट नियमित सम्पर्क गरी साउन १ गते सोही नगरपालिकास्थित कुमारी बैंकको छेउ गल्ली भित्रको कोठामा लगि २र३ जनाले हतियार देखाई कुटपिट समेत गरी निवस्त्र बनाई भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिई श्रावण ५ गतेसम्म उक्त रकम फिरौती नदिए ज्यान मार्ने धम्की समेत दिएको र पछि उनकै चिनजानको साथीको जिम्मा लगाई छाडिदिएको र उक्त दिनदेखि दैनिक रुपमा विभिन्न मोवाइल नम्बरबाट फोन गरी पैसा नदिएमा ज्यान मार्ने धम्की दिदै आएको भन्ने साउन ३ गते पीडितले दिएको उजुरीको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिवादीमध्येका सुजन बिक २०७४ मा मानव वेचविखन तथा ओसारपसार मुद्धामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको खुल्न आएको छ । पक्राउ उनीहरुलाई शरीर बन्धक बनाई अपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागूऔषध वारदातमा मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस