२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीबाट विकास सहायता निरन्तर प्रवाहको प्रतिबद्धता, नेपालसँगको सम्बन्धलाई उच्च महत्व

अ+ अ-

काठमाडौं । जर्मनीले नेपाललाई निरन्तर रुपमा विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएको छ ।

साथै बर्लिनले वर्तमान सरकारले अघि सारेका आर्थिक सुधारका कार्यक्रमको सराहना मात्र गरेको छैन नेपालको विकासको पुरानो साझेदार उसले दश वर्ष लामो द्वन्द्व स्वयम् समाधान गर्न सफल नेपालले त्यस समयका बाँकी विषयलाई पनि शीघ्र निरुपण गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा रहेका जर्मनीको परराष्ट्र मन्त्रालयमा दक्षिण एशिया मामिला हेर्ने आयुक्त मार्कुस पोटजेलले नेपालको संविधानको मर्म र भावनानुसार आधारभूत मानवाधिकार सुनिश्चित गर्न भएका प्रयासको प्रशंसा पनि गरेका छन् ।

तीनवटै तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्वका साथ सङ्घीय लोकतान्त्रिक शासनप्रणाली अङ्गालेको नेपालसँग उच्चस्तरीय राजनीतिक परामर्श गर्नु वाञ्छनीय भएकाले वार्षिक रुपमा द्विपक्षीय भेटवार्ता गर्दै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन कूटनीतिक संयन्त्र परिचालन भएको उनी बताउछन् ।

नेपालसँगको राजनीतिक संवाद र सम्बन्धलाई स्तरोन्नति गर्ने बर्लिनको चाहनाअनुरूप नेपालको दुई दिवसीय भ्रमणमा रहेको उनले भारततर्फ प्रस्थान गर्नुअघि कूटनीतिक मामिलामा कलम चलाउने केही पत्रकारमाझ ‘पुरानो मैत्री र साझेदारीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ उचाइ दिन चाहेको’ बताए ।

नेपाल र जर्मनीले जलवायु परिवर्तनका प्रतिकूल असरहरु घटाउन तथा हरितगृह ग्यास उत्सजर्नको मात्रालाई पनि बढोत्तरी हुन नदिने समान दृष्टिकोण र अडानका साथ अन्तर्राष्ट्रिय मञ्चहरूमा साझेदारी एवं सहकार्य गर्दै आएको छ ।

हेम्बर्ग विश्वविद्यालयसँगको साझेदारीमा केशर महलस्थित पुस्तकालय र राष्ट्रिय अभिलेखालयका संस्कृत पाण्डुलिपीहरूको संरक्षण, अबका पाँच महीनापछि प्रारम्भ हुने नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन जर्मनीका पर्यटन उद्यमी–व्यवसायीलाई नेपाल घुम्न अभिप्रेरित गर्ने प्रतिबद्धतासमेत जर्मनीले व्यक्त गरेको छ ।

गत वर्ष ३७ हजार जर्मनीले पर्यटकले नेपाल भ्रमण गरेका र काठमाडौँमा अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार निर्माण भइरहेका सन्दर्भमा नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन जर्मनीलाई कठिन नहुने आयुक्त पोटजेलको कथनले नेपालका पर्यटन व्यवसायीमा उत्साहको सञ्चार भएको छ ।

म्युनिख र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच साझेदारी, जर्मनीको राष्ट्रिय ध्वजाबाहक लुफ्थान्साको पुनरागमन, जर्मनीको कुनै एउटा प्रतिष्ठित सुरक्षण मुद्रण कम्पनीको सम्भावित नेपाल प्रवेशजस्ता धेरै सकारात्मक प्रगतिका विवरण सुनाउने सन्दर्भमा उनी नेपालको मानवअधिकार, प्रेस स्वतन्त्रता, शान्ति र विकासको पक्षमा जर्मनी सधैँ रहेको दोहोर्‍याउन चुक्नु भएन ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्त, आयोगका बाँकी न्याय सम्पादनका बाँकी कामले शीघ्र पूर्णता पाउनेमा जर्मनी ढुक्क रहेको उनको कथनले जर्मनी नेपालको विकासको वास्तविक साझेदार हो भन्ने पुष्टि गर्छ

नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति छ दशकदेखि सघाउँदै आएको जर्मनीले नेपाललाई अनुदानका रुपमा विकास सहायतामात्र नभइ रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन सहयोग गर्दै आएको छ । र, त्यसलाई निरन्तरता दिने वाचा गरेको छ ।

घुमाउरो पाराले चीन र भारतसँगको सन्तुलित सम्बन्धबाट नै नेपालको समृद्धि र विकासतर्फको यात्रा सफल हुने आशय व्यक्त गर्दै आयुक्त पोटजेल प्रत्यक्ष विदेशी लगानी आकर्षण गर्ने नेपाल सरकारको नीतिको आलोचन गर्न चुक्नु भएन । उनले आफ्नै देशमा फस्टाएका साना तथा मझौला उद्योग र तिनले जर्मनीको अर्थतन्त्रमा गरेको योगदानको दृष्टान्त प्रस्तुत गर्दै पाँचलाख अमेरिकी डलरभन्दा कमको वैदेशिक लगानी स्वीकार नगर्ने नीति परिमार्जनयोग्य रहेको बताए । “प्रशासनिक ढिलासुस्तीको अन्त्यले पनि लगानीकर्तालाई उत्साहित गर्छ,’ उनी भन्छन् ।

पाकिस्तान र अफगानीस्तानको भ्रमण सकेर नेपाल आएका उनी नेपालसँग क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श अपरिहार्य भएको ठान्छन् । दुई देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीबीच राजनीतिक परामर्श प्रारम्भ हुनु त्यसैको निरन्तरता भएको उनी मान्छन् । सङ्घीयता अङ्गालेको आफ्नो देश र भर्खरै त्यस्तै शासन प्रणालीमा प्रवेश गरेको नेपालसँग अनुभव आदानप्रदान गर्नु भ्रमणको अर्को उद्देश्य हो भन्न उनी पछि परेनन् ।रासस

प्रतिक्रिया दिनुहोस