२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राखेपको मान्यता प्राप्त सङ्घलाई मात्र ओलम्पिक कमिटीमा

अ+ अ-

राष्ट्रियसभा, विधायन समितिमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मान्यता दिएको खेल सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ ।

राष्ट्रिय खेलकूद विकास विधेयकबारे समितिमा आज भएको छलफलमा सांसदहरूले खेलक्षेत्रलाई अनुशासित एवम् मर्यादित बनाउन राखेपमा दर्ता भएका सङ्घलाई मात्र नेपाल ओलम्पिक कमिटीले मान्यता दिनुपर्ने बताएका छन् ।

सांसद रामनारायण विँडारीले नेपाल ओलम्पिक कमिटीले खेल सञ्चालनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)को नियमानुसार लागू भए तापनि कमिटीको सञ्चालन भने सरकारको निगरानीमा हुनुपर्नेमा जोड दिए । उनले जुनसुकै प्रतियोगिताको खेल अन्तर्राष्ट्रिय नियमानुसार सञ्चालन भए पनि खेल संस्था भने प्रचलित कानूनअनुसार नै चल्नुपर्ने भनाइ व्यक्त गरे ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले हरेक खेलको एक मात्र सङ्घ हुनका लागि विशेष ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका दुई वा दुईभन्दा बढी सङ्घ रहेकाले खेल क्षेत्र निकै विवादित बन्दै गएको भन्दै यसको निरुपणका लागि छुट्टै ऐनको आवश्यकता रहेको बताए ।

त्यस्तै समितिको आगामी बस्ने बैठकले सांसदहरूले आज दिएका सुझावलाई समेटेर विधेयकलाई निष्कर्षमा पुर्‍याउने सभापति परशुराम मेघी गुरुङले बताए । उनले बैठकमा खेलकूद सङ्घ, ओलम्पिक कमिटी र परिषद्बीचको अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस