२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीका कारण बङ्लादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित

अ+ अ-

ढाका । बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ ।

देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख जनता प्रभावित भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूका अनुसार प्रभावितमध्ये हजारौँ परिवार विस्थापित भएका छन् ।

प्रकोप व्यवस्थापन विभागका अबु बाकरले झण्डै पाँच लाख जना प्रभावित भएको र १८ जिल्लामा बाढी गएको सिन्ह्वालाई जानकारी दिए ।

अत्यधिक बर्षा र सिमाना जोडिएको भारतको पहाडी क्षेत्रबाट आएको पानी संकलन भएपछि बाढीको रूप लिएको अधिकारीहरुले जनाएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न टोलीहरु खटाइएको र उनीहरुले डुवानमा परेकालाई बाहिर निकालेको जनाइएको छ ।

बाढी प्रभावित हजारौ परिवारलाई विभिन्न शिविरहरुमा राखिएको छ भने कतिपयलाई अस्थायीरूपमा खुल्ला र सुख्खा ठाउमा लगिएको छ ।

सरकारी अधिकारीहरूका अनुसार बङ्लादेशको उत्तरपुर्वी क्षेत्रमा पर्ने सिल्हेट, सुनाम्गन्ज र मौल्भीबजार र दक्षिणी पूर्वी क्षेत्रमा पर्ने छट्टोग्राम, रङगमती र कक्स बजार बढी प्रभावित भएका हुन् ।

बाढीले देशका धेरै भागमा भवन, बाटोलगायत धेरै भौतीक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्थानीय टेलिभिजनहरूले बाढीले पारेको असर, क्षति, उद्धार तथा खोजीसम्वन्धी दृश्यहरु देखाइरहेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले बाढी प्रभावितहरुलाई खोजी तथा उद्धार गर्दै आवश्यक सम्पूर्ण सहयोग गर्न निर्देशन दिएका छन् । उनले सवै क्षेत्रबाट उच्च सतर्कता र सहयोगका लागि पनि आग्रह गरेका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस