२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा

अ+ अ-

चरिकोट । दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो ।

गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले लालपूर्जा हस्तान्तरण गरेका छन् ।

लालपूर्जा प्राप्त गर्नेमा गाउँपालिका वडा नं १ का शान्त तामाङ, सन्देश तामाङ, मङ्गलसिंह तामाङ, मिङ्मार लामा, वडा नं २ का भीमबहादुर भुजेल, वडा नं ३ का जीतबहादुर खत्री, विन्दा सार्की, दिपेश बस्येल, राजु खत्री, मीनबहादुर सार्की र वडा नं ४ का ज्ञानु श्रेष्ठ रहेका छन् ।

गाउँपालिकाले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्न वडा नं ३ का अध्यक्ष रामप्रसाद काफ्लेको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पालिकाभित्र सुकुम्वासीको विवरण सङ्कलन गर्दा १९ सुकुम्वासी रहेको पहिचान गरेको थियो ।

संयोजक काफ्लेले गाउँपालिकाले यो वर्ष सबै सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने योजना भए पनि कतिपय सुकुम्वासी सम्पर्कमा नआएकाले ११ सुकुम्वासीलाई मात्र वितरण गरेको र अन्यलाई पनि पुनः वितरण गर्ने बताए ।

गाउँपालिकाले ११ सुकुम्वासीलाई विभिन्न ठाउँमा ठाउँअनुसार रु एक लाख ५० हजारका दरले एक/एक रोपनीभन्दा बढी जग्गा भएको जग्गाधनी पूर्जा वितरण गरेको प्रमुख पोखरेलले बताए ।

अध्यक्ष पोखरेलले भूकम्पपछि आफ्नो जग्गा नभएका कारण पुनःनिर्माण गर्न नसकेका ती सुकुम्वासीलाई अब पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गरेर स्थायी आवास निर्माणका लागि पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस