२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

अ+ अ-

बाजुरा । शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ बाजुराद्वारा सञ्चालित खाजा कार्यक्रमले विद्यार्थीहरुको विद्यालयप्रति आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । दिवा खाजाका रूपमा विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाको फूलबारी आधारभूत विद्यालय काँडाका प्रधानाध्यापक शेरबहादुर बुढाले बताए ।

वि.सं २०५७ देखि विद्यालयमा विद्यार्थीका लागि लिटो खुवाउने गरिएको भए पनि पछिल्लो सयममा विद्यालयमा लिटो बन्द गरेर दाल र भात खुवाउन थालिएको हो । विद्यालयमा विद्यार्थीलाई दिवा खाजाका रूपमा दाल र भात खुवाउन थालिएपछि यसको प्रभावकारिता झनै बढ्दै गएको विद्यालयले बताएको छ ।

विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि अहिले विद्यार्थी दिवा खाजाको आशले आफैँ स्वस्फूर्तरूपले तयार भएर स्कुल जाने गरेको स्थानीयवासीले बताउने गरेका छन् । जिल्लाका बडीमालिका र बूढीगङ्गा नगरपालिकाबाहेकका सात वटा स्थानीय तहका ५० वडामा १४२ आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालित छ ।

कार्यक्रमले बाजुरामा १६ हजार ७६८ छात्रछात्रालाई प्रतिदिन प्रतिविद्यार्थी ११२ ग्रामका दरले विश्व खाद्य कार्यक्रमको सहयोगमा खिचडी दालभात विद्यालयमै बनाई दिवा खाजाका रूपमा खुवाउने गरेको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालय बाजुराका एकाइ प्रमुख विजयकुमार ठाकुरले जानकारी दिए ।

विद्यालयमा विद्यार्थीहरुका लागि दिवा खाजा पकाउने भाँडाकुँडा पनि उपलब्ध गराइएको उनको भनाइ छ । यो कार्यक्रमले बालबालिकाको पोषण र स्वास्थ्यस्थितिमा पनि सुधार हुनाका साथै सरसफाइ र सामाजिक विभेदीकरणमा समेत कमी आएको ठाकुरको भनाइ छ । दिवा खाजा कार्यक्रमपछि विद्यालयमा भर्नादरमा समेत वृद्धि भएको र कक्षा छोडी बीचैमा भाग्ने प्रवृत्तिमा समेत कमी आएको विद्यालयले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस