२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टाइफाइडको प्रकोप बढ्दै, प्रशासनले बोलायो आकस्मिक बैठक

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा. सिजन रावलले जानकारी दिए ।

एक महीनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । “अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ”, रावलले भने, “यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।”

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् ।

‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताए । यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ ।

भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ । प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा स्वास्थ, खानेपानी, नागरिक समाज, सञ्चारलगायतका विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिलाई बोलाएर छलफल भइरहेको छ । रोग नियन्त्रणका लागि कुन–कुन निकायले के–कस्तो भूमिका खेल्ने भन्ने विषयलाई विशेष जोड दिइएको छ ।

यसअघि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणका लागि आपतकालीन बैठक राखिसकेको जिल्ला प्रशासन कार्यालयले आइतबार पनि आपतकालीन बैठक बोलाएको हो । बैठकमा दूषित पानीको प्रयोग रोक्न पानी शुद्धीकरण गरेर खानुपर्ने, सामान्य लक्षण देखिनेबित्तिकै उपचार गराउनुपर्ने, सूचना तथा सन्देश प्रवाह गर्नुपर्नेलगायतका कुरामा विशेष जोड दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस