३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूँजीबजार : दोहोरो अङ्कले वृद्धि

अ+ अ-

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिदबिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ । बैंकिङ १३।७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।

नेपाल बैंक लिमिटेडको शेयर रु चार करोड ५३ लाख ३१ हजार ८७० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक रु तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल रु तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड रु तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड रु तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रो पावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले २.५ प्रतिशतले गुमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस