२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्ष स्थानमा, न्युजिल्याण्ड ८६ रनले पराजित

अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ। लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो।

इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १५७ रनमा समेटियो।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्टिलले २० रन बनाए।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए। उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन्। यस्तै जासन पाउलले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो। अष्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले। ख्वाजाले ८८ रनको योगदान दिए। केरीले ७१ रन बनाए। यस्तै पाट कुमिन्सले अविजित २३, मार्कूस स्टोनिसले २१ तथा डेभिड वार्नरले १६ रन बनाए।

न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए। बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे। उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो। बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने।

जितसँगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ। यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ।यो हारसंगै न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस