२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व छली गर्ने सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौं । राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

राजश्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको मैनालीले जानकारी दिए । अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले रु २ करोड ३२ लाख २१ हजार बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष कैद माग दाबी गरिएको जनाएको छ ।

उनीहरुले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने प्रपञ्च रचेको विभागको आरोप छ ।रासस

प्रतिक्रिया दिनुहोस