११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादले नगरसभा प्रभावित

अ+ अ-

म्याग्दी । बेनी नगरपालिकामा नगर प्रमुख र कार्यपालिका सदस्यको विवादका कारण नगरसभा प्रभावित भएको छ । सबै स्थानीय तहले असार १० गतेभित्र सभा बोलाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने भए पनि विवादका कारण नगरपालिकाले तयारी गर्न सकेको छैन ।

दैनिकजसो विभिन्न उपसमितिको बैठक, बजेट, योजना र नीति तथा कार्यक्रमको बारेमा छलफल हुनुपर्ने अवस्थामा यहाँ जनप्रतिनिधिबीच एक महीनायता भेटघाट र छलफल हुन नसकेको नगर उपप्रमुख सञ्जु बरुवालले बताए । तोकिएको समयमा बजेट नल्याउँदा सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान घट्ने, नीति तथा कार्यक्रम र बजेट पारित नगरे नगरपालिकाको अन्य कामकारवाहीमा असर पर्र्ने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताए ।

विसं २०७६ जेठ ३ गते विवाद भएपछि नगरप्रमुख हरिकुमार श्रेष्ठ कार्यालयबाट बाहिरिएका थिए । कार्यपालिका बैठकमा उपस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा शिक्षा, युवा तथा खेलकूद शाखामा गलेश्वर माविका जयराम सुवेदी र पौलत्स्य माविका मोहन बानियाँलाई राख्ने निर्णय गरेका थिए । गत जेठ ५ गते नगरप्रमुख श्रेष्ठले निर्णय पुस्तिकामा फरक मत राख्दै सो निर्णय कार्यान्वयन नगर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको थियो । नेकपा सम्बद्ध जनप्रतिनिधिले विशेष नगरसभा बोलाउन माग गर्दै हुलाकमार्फत गत जेठ २७ गते नगरप्रमुख श्रेष्ठलाई पत्र पठाएका थिए ।

नगरप्रमुख श्रेष्ठले उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर गर्नुभएको रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । कांग्रेसबाट निर्वाचित नगरप्रमुख श्रेष्ठ वडाध्यक्षले योजना छनोट, कार्यान्वयन र सेवा प्रवाहमा पूर्वाग्रही, अपारदर्शी र विभेदकारी शैली अपनाएको आरोप लगाएका छन् । प्रमुख श्रेष्ठले बीचैमा बैठक छाडेर गएपछि बाध्य भएर बहुमतबाट जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्नुपरेको कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

योग भवन निर्माण

म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा योग भवन निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको श्रमदान र चन्दा सहयोगमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न व्यवसायी सुरेन्द्रराज शर्माले तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

गाउँपालिकाले रु छ लाख उपलब्ध गराएको हो । स्थानीयवासीले रु पाँच लाख ९५ हजार बराबरको श्रमदान तथा नगद सहयोग गरेको निर्माण समितिका अध्यक्ष खड्ग छन्त्यालले बताए । भवन अभावका कारण यसअघि विद्यालय र होटलका सभाहलमा योग अभ्यास गर्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस