५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा छ : मन्त्री सुनार

अ+ अ-

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताएका छन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयको विषयमा उठेका प्रश्नहरुको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै उनले खेलाडीलाई प्रोत्साहन गर्न स्वास्थ्य उपचार, दुर्घटना बीमाजस्ता कार्यक्रम बजेटमा रहेको बताए ।

प्रशिक्षण र खेलाडीलाई प्रोत्साहन गर्न जरुरी छ, खेल क्षेत्रको विद्यमान लगानी हेर्दा उल्लेखनीय उपलब्धि नेपालले हासिल गरेको छ, आगामी आवमा स्वास्थ्य उपचार, आकस्मिक दुर्घटना, भत्ताजस्ता व्यवस्था गरिएको छ, खेल क्षेत्रमा नेपालको वातावरणीय हिसाबले पनि राम्रो सम्भावना रहेको छ । मन्त्री सुनारले नेपालमा सम्भावना रहेको अन्य खेलहरुको विकासमा समेत लगानी गर्ने जानकारी दिए ।

आगामी आवमा विनियोजित बजेट मितव्यती पारदर्शी ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्दै मन्त्री सुनारले खेल पर्यटन, साहसिक खेलको माध्यमबाट आर्थिक लक्ष्य हासिल गरी स्वास्थ्य र मनोरञ्जनसम्बन्धी खेललाई राज्यले संरक्षण गर्ने सरकारको नीति ल्याएको जानकारी दिए ।

काठमाडौँ र पोखरामा अन्तर्राष्ट्रिय खेलकूद गर्न सकिने गरी पूर्वाधार तय गर्ने र दशरथ रङ्गशाला पुनः संरचना र विभिन्न स्थानमा नौवटा अन्तर्राष्ट्रिय क्रिकेट मैदानहरु निर्माणाधीन रहेको जानकारी दिए ।

स्थानीय तहमा एक स्थानीय तह एक खेल रङ्गशाला शुरु गर्नका लागि रु ४० करोड बजेट छुट्याएका सबै स्थानीय तहमा र सातै प्रदेशमा रङ्गशाला निर्माणका लागि पूर्वाधार तयार गरिरहेको स्पष्ट पारे ।

मन्त्री सुनारले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्नका लागि पूर्वाधारहरु निर्माण भइरहेको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि बजेट छुट्याएको छ भने ।

खेलकूदको विकासका लागि अध्ययन/अनुसन्धान र विकासका लागि खेलकूद विश्वविद्यालयको अवधारणा तयारीमा लगिने उल्लेख गर्दै मन्त्री सुनारले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेलाडी नीति र नियमानुसार छनोट गरिनेछ, खेलाडी छनोट गर्दा कसैको पनि नातावाद र कृपावाद काम लाग्दैनन् ।’

अन्तर्राष्ट्रिय खेल क्षेत्रको जस्तै गरी देशको सुरक्षित रङ्गशाला र कबर्ड हलहरु निर्माण सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री सुनारले सुनाए। सांसदहरु डिला सङ्ग्रौला, प्रेम सुवाल, सत्यनारायण शर्मा खनाललगायतले विश्वका युवाहरुको खेलकूदप्रति आकर्षण भइरहेको अवस्थामा अन्तर्राष्ट्रियस्तरको खेलाडी बनाउन युवालाई खेलप्रति प्रोत्साहन गर्न जरुरी रहेको सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस