२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्य : उपप्रम यादव

अ+ अ-

जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन् ।

पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ नेपाल, वृहत्तर जनकपुर विकास क्षेत्र, भारतीय दूतावास, जानकी मन्दिर र पतञ्जली योगपीठ प्रदेश नं २ समितिद्वारा जानकी मन्दिर परिसरमा आयोजित योग शिविरमा उनले सो कुरा बताएका हुन् ।

तनावका कारण मानसिक रोगी र अस्वस्थ रहनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको वर्तमान अवस्थामा योग नै स्वस्थताको महत्वपूर्ण आयाम भएको प्रसङ्ग उल्लेख गर्दै उनले योग स्वस्थताका साथै सौहाद्र्रपूर्ण जीवनका लागि समेत महत्वपूर्ण पक्ष हो भने ।

उपप्रधानमन्त्री यादवले समाजिक, सांस्कृतिक उपजका रूपमा योगको महत्वलाई आत्मसात गर्दै भगवान् गौतमबुद्धदेखि ऋषिमुनिहरूले योग साधना गरी आफ्नो लक्ष्य हासिल गरेको दृष्टान्तसमेत सबैका लागि अनुकरणीय रहेको धारणा राखे ।

प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले तन र मनको स्वस्थताका लागि योग साधना गर्नु आवश्यक छ भने । मुख्यमन्त्री लालबाबु राउतले स्वस्थ रहन योगलाई दिनचर्या बनाउनु जरूरी भएको विचार व्यक्त गरे ।

पतञ्जलि योगपीठ नेपालका प्रमुख लभदेव देव मिश्रको सभापतित्वमा भएको सो कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक अनिल झा, प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश नंं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, योग शिविर संयोजक एवं प्रदेशसभा सदस्य कौशल यादवलगायत प्रदेशसभा सदस्यको पनि सहभागिता रहेको थियो ।

शिविरमा सहभागीहरूलाई योगपीठ प्रमुख मिश्रले योगाभ्यास गराएको थियो ।

प्रतिक्रिया दिनुहोस