३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात प्रदेशमा रङ्गशाला र ७५३ पालिकामा खेल ग्राम : मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको प्रगतिबिना देशको समृद्धि सम्भव नरहेकाले खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आजदेखि शुरु भएको विद्यालयस्तरीय खेलकूद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को उद्घाटन गर्दै उनले खेलकूदको विकासका लागि देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र ७५३ पालिकामा खेल ग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको बताए ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नका लागि अझ पनि व्यवस्थित रङ्गशाला नभएको बताउँदै मन्त्री विश्वकर्माले भने, ‘काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर, सातै प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने एक/एक वटा रङ्गशाला र ७५३ वटै स्थानीय तहमा दीर्घकालीन महत्वको एउटा/एउटा खेल ग्राम निर्माण गर्ने योजनामा सरकार छ ।’

मन्त्री विश्वकर्माले खेलाडी जन्मने अर्को थलो विद्यालयको खेल मैदान भएकाले हरेक विद्यालयको खेल मैदान स्तरोन्नति गर्ने र प्रत्येक विद्यालयमा एक जना खेल शिक्षकको व्यवस्था गर्ने नीतिअनुसार सरकारले बजेटमा व्यवस्था गर्नु खेल क्षेत्रका लागि खुशीको कुरा भएको उल्लेख गरे ।

गाउँपालिकाका प्रमुख कर्ण गुरुङले प्रतियोगितामा छात्रछात्रा भलिबल, कबडी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभ्लिन थ्रो समावेश गरिएको र सामुदायिक १० र संस्थागत एक गरी ११ विद्यालयका करीब ५०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस