११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता भट्टको दुर्घटनामा मृत्यु

अ+ अ-

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं ४ को चक्कीबगड भन्ने स्थानमा बा२ब २५२ नंको मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको थियो । कोहलपुर मेडिकल कलेजमा सघन उपचारकक्ष (आइसियू) राखेर उपचार हुँदाहुँदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।

यसैबीच वडाध्यक्ष तथा नगर प्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले आज शोकसभा पारित गर्दै आज नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रणबहादुर कुँवरले बताए । मृतक भट्ट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बैतडी जिल्ला कमिटी सदस्यसमेत थिए ।

प्रतिक्रिया दिनुहोस