११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटल हायातका कर्मचारी काममा फर्किए

अ+ अ-

काठमाडौं । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन् ।

श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर संघका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले जानकारी दिए । श्रम कार्यालयले सेवा सुविधा प्राप्त गर्ने कानूनी बाटो खुला गरेकाले आन्दोलन नगरी काममा फर्कन मजदूरलाई आग्रह गरेको थियो ।

मजदूर काममा फर्केपनि व्यवस्थापनले अझै पनि होटल सञ्चालन गरेको छैन । ‘आन्दोलरत मजदूर सबै काममा फर्केका छन्’, अध्यक्ष दाहालले भने, ‘तर होटल व्यवस्थापनले अहिलेसम्म बुकिङ खुला गरेको छैन, व्यवस्थापकले गैरकानूनी बन्द कायमै राखेको छ ।’ मजदूर काममा फर्किए पनि होटलमा कुनै चहलपहल देखिएको छैन ।

पछिल्लो समयमा होटल व्यवस्थापनले निरन्तर घाटा देखाएर सरकारी स्वामित्वको तारा गाउँ विकास समितिलाई कम शेयर दिएकाले होटल विवादित बन्दै आएको थियो । होटललाई शेयर संरचना परिवर्तन गरेर सरकारी शेयर ३९ प्रतिशतबाट नौ प्रतिशतमा झारेको र ३०४ रोपनी सरकारी जग्गाको उचित उपभोग नगरेको आरोप लागेको छ । ‘जग्गा र शेयरको विवादका कारण व्यवस्थापक होटल पुनः सञ्चालन गर्नबाट पन्छिन खोजेका छन्’, उनले भने, ‘मजदूरका कारण होटल बन्द भयो भनेर व्यवस्थापन भाग्न खोजिरहेको छ ।’

मजदूरले खाइपाई आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरिएकाले बाध्य भएर संघर्षमा उत्रिनुपरेको अध्यक्ष दाहालले बताए । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि संघर्ष गर्दै आएका थिए ।

मजदूर आन्दोलनका कारण एक सातादेखि होटलको सेवा प्रभावित भएको थियो । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरिएको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई समेत पठाएको थियो । हयातको व्यवस्थापन भारतीय लगानीकर्ता राधेश्याम सर्राफ नेतृत्वले गर्दै आएको थियो । २ सय ८० कोठा रहेको सो होटलमा करीब ४०० मजदूर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस