११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब जन्मिने छोरीलाई वार्षिक १२ सय दिइने

अ+ अ-

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्र्माट छोरी, बिहेवारी बीस वर्ष पारि’ भन्ने कार्यक्रम ल्याएको जनाएको छ । नगरप्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सो कार्यक्रम ल्याएको जानकारी दिए ।

अब आर्थिक वर्षदेखि जन्मिएका हरेक छोरीलाई ‘स्मार्ट छोरी’ कार्यक्रमअन्तर्गत प्रत्येक छोरीलाई जन्मेदेखि मासिक रु १०० का दरले वार्षिकरूपमा एकमुष्ट रु एक हजार २०० उपलब्ध गराउने नगरप्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरुलाई दिइएको पैसा बैंक खातामा जम्मा गरेर २० वर्ष पुगेपछि एकमुष्टरूपमा उपलब्ध गराइने छ ।

यदि कसैले २० वर्ष नपुग्दै अगाडि विवाह गरे भने सो रकम उपमहानगरपालिकाको कोषमा फिर्ता हुने उपमहानगरपालिकाको नीति रहेको छ । सो कार्यक्रमले बालविवाह न्यूनीकरण गर्ने र छोरीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।

यसैबीच उपमहानगरपालिकाले उपमेयर महिला सुरक्षा कार्यक्रम पनि लागू गरेको छ । लैङ्गिक हिंसामा परेका महिलाको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उपमेयर महिला कार्यक्रम सञ्चालन गरी महिला सुरक्षामा जोड दिने नीति ल्याइएको हो ।

त्यसैगरी उपमहानगरपालिकाले ‘सक्षम महिला, विकासमा पहिला’ अभियानका लागि महिलाको सशक्तीकरण, नेतृत्व विकास उद्यमशीलता र सीप विकास गरी महिलालाई विकास तथा निर्माण, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्ने पनि नीति ल्याएको छ । असी वर्षमाथिका ज्येष्ठ नागरिकलाई नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर आगामी वर्षमा उपमहानगरपालिकाभित्र, दाङ र प्रदेश नं ५ का धार्मिक र पर्यटकीयस्थलमा भ्रमण गराउने नीति उपमहानगरपालिकाले पारित गरेको छ ।

दाङको धारापानी, लुम्बीनी, स्वर्गद्वारीजस्ता पर्यटकीय र तीर्थस्थलमा भ्रमण गराउनका लागि आवश्यक बजेट विनियोजन गरिने उपमहानरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस