२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय गाडीको बढ्दो प्रयोग : ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

अ+ अ-

सिरहा । सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।

राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको रु १०० तथा कार, जिपको दैनिक ४०० राजश्व तिर्नुपर्छ ।

भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानूनी प्रावधान रहेको छ । सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी फर्कंनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ । भारतसँग सीमा जोडिएका ठाउँमा राजश्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग हुने गरेको छ ।

राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । वास्तविक मूल्यको करीब एक चौथाइ मूल्यमात्र पर्ने भएकाले भारतीय सीमासँग जोडिएका गाँउमा अधिकांशको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी पर्ने गरेका छन् । पछिल्लो केही समययता जिल्ला ट्राफिक कार्यालय सिरहा लहान मातहतका ट्राफिक प्रहरी चेक पोष्टले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचको कार्यलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस