चितवन । नेकपाका नेता पूर्व शिक्षामन्त्री धनीराम(डीआर) पौडेलको हृदयघातबाट निधन भएको छ ।
५३ वर्षीय पौडेलको शुक्रवार बिहान चितवनको माडीमा निधन भएको हो ।
माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई माडी बघौडा अस्पताल पु¥याउँदा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।
२०२३ सालमा स्याङ्जामा जन्मेका पौडेलको परिवार ३४ सालदेखि चितवनमा बसोबास गर्दै आएको छ। उनी नेकपाका केन्द्रीय सदस्य थिए।
पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए ।
पौडेलको शव अहिले अस्पतालमा राखिएको छ ।
उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन आउने जनाइएको छ ।