१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको छ : मुख्यमन्त्री राउत

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले चुरे क्षेत्रमा उत्खनन, सडक निर्माण र बसोबास वृद्धि चिन्ताको विषय भएको बताएका छन् ।

आइ ओ एम यूएन माइग्रेशन नामक संस्थाद्वारा आज जनकपुरधाममा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरेसँगको खेलबाडले मरूभूमिकरणको विस्तार भइरहेको प्रति ध्यानाकर्षण गराए ।

चुरे क्षेत्रमा स्काभेटरले उत्खनन कार्य गर्नु अपराध भएको अवस्थामा पनि सुरक्षा निकायको मौनताले गम्भीर प्रश्न खडा गरेको चर्चा गर्दै उनले चुरेको विनाश प्रदेश नं २ को विनास हो भन्नेतर्फ संवेदनशील हुनु जरूरी छ भने ।

उनले फितलो कानून र फितलो कार्यान्वयन गर्ने निकायका कारण प्राकृतिक स्रोतको दोहनले विपद् निम्त्याउने क्रियाकलाप बढ्दै गएको उल्लेख गरे।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासका नाममा चुरेको उत्खनन् र सडक निर्माण नै प्रदेश नं २ मा विपद्का कारक हो भने ।

उनले विपद् व्यवस्थापन सन्दर्भमा प्रदेश सरकारले छिट्टै प्राधिकरण गठनका लागि ऐनमा संशोधनको गृहकार्यमा लागि परेको बताए ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् व्यवस्थापन जोखिम न्यूनीकिरण तथा व्यवस्थापन विज्ञ डा गङ्गालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुन पूर्वतयारी बारे जानकारी गराएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस