२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेर अघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन् ।

प्रधानमन्त्री ओलीले सोमबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्ने जनाइएको छ ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्व प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नेछन् ।

बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उनका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्दा हमाद अन्तर्राष्ट्रिय«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस