१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन्। नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाए ।

विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको बताए ।

कांग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गरे । गाउँमा नै बसौँबसौँ बनाउने कांग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उनले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राखे ।

जनतालाई साथमा लिएर कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताए । उनले भने, “दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै कांग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।”

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा कांग्रेस पुनःजीवित हुने दाबी गरे ।

वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका दश स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो ।

जनताको अभिमतको कदर सरकारले गरेन : नेता भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले सरकारले जनाताको अभिमतको कदर गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेसले सञ्चालन गरेको एक महीने राष्ट्रिय जागरण अभियानको बागलुङमा शनिबार समापन गर्दै इतिहासमै बढी जनमत प्राप्त गरेको सरकारले मतको सदुपयोग गर्न नसकेको आरोप लगाए । पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले सरकारको गतिविधिको कारण लोकतन्त्र खतरामा परेको जिकिर गरे ।

नेपालमा समृद्धि आउन नदिने शक्तिबाट सरकार परिचालित भएको उनले दाबी गरे । जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा एक महीनाका लागि बागलुङ आएका भण्डारीले जिल्लामा घुम्दा बागलुङ जिल्ला कृषि, पर्यटन, जलविद्युत्को प्रशस्तै सम्भावन रहेकाले त्यसको सदुपयोग गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने विचार व्यक्त गरे ।

कांग्रेसले वैशाख २५ गते देशभरि एकसाथ शुरु भएको जागरण अभियान शनिबार सरकारविरुद्ध प्रदर्शन गर्दै समापन भएको छ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस