२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर कप क्रिकेट : दशरथचन्द च्याम्पियन

अ+ अ-

बैतडी । मेयर कप क्रिकेट प्रतियोगिताको च्याम्पियन दशरथचन्द नगरपालिका–५ दशरथचन्द बनेको छ । देहिमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा दशरथचन्द–५ ले दशरथचन्द नगरपालिका–२ देहिमाडौँलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै दशरथचन्दले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता देहिमाडौँले रु ३० हजार पुरस्कारमा चित्त बुझायो । टस हारेपछि ब्याटिङ गर्दै देहिमाडौँले १७ दशमलव एक ओभरमा ९४ रन मात्र बनायो । दशरथचन्दले ९५ रनको लक्ष्य नौ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । दशरथचन्दका लागि रवीन चन्दले ५३ रनको योगदान दिए । बलिङतर्फ देहिमाडौँका दीपक बोहराले एक विकेट लिए ।

यसअघि देहिमाडौँका लागि ब्याटिङ गर्दै रोहित थलालले २६ रन बनाए । बलिङतर्फ दशरथचन्दका लागि रवीन चन्द र भोज चन्दले २/२ विकेट लिए । म्यान अफ दी फाइनल दशरथचन्दका रवीन चन्द घोषित भएको स्कोरर दीपेन्द्र बोहराले जानकारी दिए । प्रतियोगितामा देहिमाडौँका दीपक बोहरा म्यान अफ दी सिरिज भए । प्रतियोगिताभर उनले २०१ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । उनले रु पाँच हजार पुरस्कार पाए ।

यस्तै एक शतकसहित १९९ रन बनाएका दशरथचन्द–१० बाराकोटका डम्बर बुडाल उत्कृष्ट ब्याट्सम्यान भए । प्रतियोगिताभर ६ विकेट लिएका दशरथचन्दका भोजचन्द उत्कृष्ट बलर चुनिए ।

दुबै जनाले जनही रु २ हजार पुरस्कार प्राप्त गरे । विजेता, उप–विजेता र उत्कृष्ट खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली कांग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट, दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस