२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारीबाट ११ लाख राजश्व सङ्कलन

अ+ अ-

मनाङ । हिमाल पारीको जिल्ला मनाङमा यसवर्ष सवारी जाँचबाट रु ११ लाख ५६ हजार पाँच सय राजश्व सङ्कलन भएको छ ।

गतवर्ष जम्मा रु १ लाख ७५ हजार राजश्व सङ्कलन भएको थियो । बेँशीसहर चामे सडक खण्डमा मौसममा धेरै पर्यटक आउने हुँदा सवारी साधनको अभावमा एउटै सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्नुपर्ने बाध्यता रहेको छ ।

सवारी साधनको चाप बढेसँगै कारवाही बढेकोले राजश्व पनि बढेको छ । यहाँ जम्मा दुईवटा ट्राफिक दरबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मनाङ्का प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए ।

उक्त दरबन्दी सीमा प्रहरी चौकीको माताहतमा रहेको पनि उनले बताए । प्रहरी सहायक निरीक्षक रामऔतार चौधारीका अनुसार विभिन्न शीर्षकमा राजश्व सङ्कलन गरिएको हो । सवारी जाँच, सिट क्षमता भन्दा बढी यात्रु, सडक इजाजत बिना सवारी सञ्चालन जस्ता शीर्षकमा कारवाही गरेको उनले बताए ।

कच्ची सडक र सवारी साधन पर्याप्त मात्रामा नहुँदा यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । साना सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटनाको भय हुने हुँदा सवारी चालकलाई क्षमता भन्दा बढी यात्रु नराख्न अनुरोध गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस