रौतहट । बाल यौन दुव्र्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । रौतहटको बौधीमाई नगरपालिका– बंकुलका मनेजर राय यादव चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा परेका हुन् ।
प्रहरीका अनुसार बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको हो ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।
यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइएको छ ।