२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँका सरकार मुक्कामुक्कीमै…

अ+ अ-

काठमाडौँ । ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद, अनिश्चितकालीन तालाबन्दी सफल पारौँ’ इटहरी नगरपालिकाका कर्मचारीले बुधवार साँझ मेयर विरुद्ध गरेको नाराबाजी हो यो ।

मेयर द्वारिकलाल चौधरीले वडा सचिव र सब इन्जिनियरलाई कुटेको भन्दै आन्दोलित भएका कर्मचारीले अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक हर्कतको संज्ञा दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरे ।

नायव सुब्बा (नासु) मनोज दाहाललाई कार्यालयको सिसी क्यामेरा बन्द गर्न लगाई गालिगलौच गर्दै कुटपिट गरेको र इन्जिनियर रामबहादुर खड्कालाई ‘भ्रष्टलाई जेल हाल्ने’ भन्दै विरोधमा कर्मचारी आन्दोलित भएका हुन् ।

भ्रष्ट कर्मचारीको कठालो समातेको मेयर चौधरीले नै सार्वजनिक रूपमा नै स्वीकार गरी सकेका छन् ।

कर्मचारीले एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिका र वडा समितिका कार्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गर्ने र आज ९ गतेदेखि सम्पूर्ण कर्मचारीहरू उपमहानगरपालिकाको प्राङ्गणमा मेला हुने बताएका छन् ।

‘अब गाउँ गाउँमा सिंहदरवार स्थापना हुनेछन् । नागरिकले खोजेका सेवा सुविधा घरदैलोबाटै प्रदान गरिनेछन्’ केही समयअघिसम्म निकै चर्चित भनाई यति बेला जनताका लागि सकस हुन थालेका छन् । जनप्रतिनिधि–कर्मचारी द्वन्द्वको मारमा विकास निर्माण र सेवाग्राही परेका छन् ।

मुक्कामुक्कीमै गएका घटना मात्रै बाहिर आउने भए पनि काम गर्ने सन्दर्भमा इटहरी मात्रै होइन, धेरै ठाउँमा यस्ता द्वन्द्वहरू छन् । जसको निराकरणका लागि सङ्घीय सरकारले समयमै उपाय निकाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस