२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध आइतबार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख २४ हजार बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले भ्रष्टाचारमा भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी नासु बसन्तकुमार सुवेदीलाई प्रतिवादी बनाएको छ। नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरूविरुद्ध ४ वर्षसम्मको कैद र विगो बमोजिमको जरिवानाको माग दाबी गरिएको छ। राजस्व अनुसन्धान विभागका नायव सुब्बा देवीबहादुर थापाविरुद्ध राजस्व छली तथा चुहावटका कार्यरको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाहीमा सघाउ पुग्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा बदनियतसाथ सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुर्‍याएको आरोप मुद्दा हालिएको छ। उनपनि भन्सारका कर्मचारीसरह नै कैद र जरिवानाको व्यवस्था गरिएको छ।

नियम तथा कार्यविधि उल्लंघन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट कर्मचारी समेतको मिलेमतोमा राजस्व छली गरी सरकारलाई हानीनोक्सानी पुर्‍याउने कार्य गर्ने भन्सार एजेण्ट दिनेश कुमार बानिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुलकुमार गुप्ताविरुद्ध मुद्दा हालिएको छ। उनीहरूविरुद्ध २ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना गरिएको छ।

भन्सार एजेन्ट बानियाँले कर्मचारीसँगको मिलोमतोमा वनवोरी माता ट्रेडर्सको ४ सय किलोग्राम दूधको पाउडर सामान उल्लेख गर्दै २०७५ जेठ २४ गते जारी भएको झुट्टा प्रज्ञापनपत्र नं १५३१५ का आधारमा घिउसमेत भित्राएको दाबी अख्तियारको छ।

अभियोगपत्र अनुसार ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका मालबस्तु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घिउ बदनियतसाथ भित्र्याएर सामानधनीसँगको मिलेमतोमा २० लाख २४ हजार बराबरको भन्सार महसुल राजश्व छली तथा चुहावट गराएका थिए।

त्यस्तै श्री प्राथमिक विद्यालय, फतुहा महेशपुर ५, रौतहटमा शिक्षक आरतीकुमारी मल्लिकले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा कर्ओ मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक पदमा नियुक्ति पाउन र सेवा प्रवेश पश्चात सरकारी लाभ लिने मनसायले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिहार बोर्डबाट प्राप्त गरेको हाइस्कुल तहको झुट्टा रनक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा लिएको दाबी अख्तियारको छ।

प्रतिक्रिया दिनुहोस