२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरिक्त वैवाहिक सम्बन्ध

अ+ अ-

विवाहित पुरुष वा महिला आफ्नो श्रीमान्/श्रीमती बाहेक कुनै तेस्रो व्यक्तिसँग गोप्यरुपमा सम्बन्धमा रहनुलाई अतिरिक्त वैवाहिक सम्बन्ध भनिन्छ। नेपाली समाजमा यसलाई अनैतिक वा नाजायज सम्बन्धको रूपमा लिइन्छ। एकदमै गोप्य रूपमा रहने यस्ता सम्बन्धलाई सामाजिक विकृतिमध्येको एक जल्दो बल्दो विकृति मानिन्छ, जून सामाजिक मान मर्यादा एवं नैतिकताभन्दा बाहिर रहेको हुन्छ । साथी बनौँ न, साथी बन्दा के हुन्छ र, बिहे भएको मानिससँग चैँ हाइहलो गर्नै नहुने हो र जस्ता कुराकानीबाट सुरुवात हुने यस्ता सम्बन्धले समाजले निर्धारण गरेको सबै सीमारेखाहरू पार गर्दै गएको छ ।

विशेषगरि विवाहित अधबैँसे पुरुष र भर्खरका युवतीहरू बिच साथी बन्ने चलन बढ्दो छ तर एकदमै गोप्य रूपमा । आफ्नो कामका अतिरिक्त खाली रहेको समयमा यसो भेटघाट गफगाफ गरी समय बिताउनका निम्ति आजकल मानिसहरू अतिरिक्त वैवाहिक सम्बन्धमा रहने गरेका छन् । समाजले थाहा पाएमा आफ्नो इज्जतमा आँच आउने तथा मुख देखाउन पनि गाह्रो पर्ने भएकाले अति गोप्य तथा लुकिछिपी कायम गरिने यस्ता सम्बन्धमा विशेषगरि समाजमा मानिएका, इज्जतिला, ठुला, प्रतिष्ठित भनिएका व्यक्तिहरू नै धेरै रहने गरेका छन् ।

प्राय:जसो आफ्नो शारीरिक आवश्यकता परिपूर्ति गर्नका लागि तथा केही पैसाको मोहले गर्दा कायम गरिने यस्ता गोप्य सम्बन्धले आजकल एकदम खुल्ला रूपमा खराब नतिजाहरू देखाउने गरेको छ। सम्बन्ध भनेको मायाप्रेम र विश्वासले भरिएको हुनुपर्छ। तब मात्र त्यो सम्बन्ध दिगो र स्थायी हुन्छ। स्वार्थ नै स्वार्थले भरिएको सम्बन्ध स्वार्थ पूरा हुन्जेलसम्म मात्रै टिक्छ । अतिरिक्त वैवाहिक सम्बन्ध पनि विभिन्न स्वार्थको डोरीले बाटिएको हुन्छ, जून कतिखेर चुडइन्छ थाहा नै हुँदैन।

आजभोलि अतिरिक्त सम्बन्ध बढ्नुमा विभिन्न कारणहरू रहेका छन् । कतिपय व्यक्तिहरू आफ्नै रमाइलोको लागि यस्ता सम्बन्धमा रहन मन पराउछ्न भने कतिपय घरपरिवार, आफ्नो श्रीमान्/श्रीमतीबाट आफूले सोचेअनुरुपको व्यवहार नपाउँदा पनि अतिरिक्त सम्बन्ध बनाउने गर्छन् । आफ्नो श्रीमान्/श्रीमतीबाट नपाएको सन्तुष्टि कुनै तेस्रो व्यक्तिको माध्यमबाट पूरा गर्ने चाहमा कतिपय व्यक्तिहरूले यस्ता अनैतिक सम्बन्ध बनाएका हुन्छन् । कतिपय महिलाका पुरुष वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहने भएकाले तथा वैदेशिक रोजगारमा जाने कतिपय पुरुषहरू पनि उतै अर्कै महिलासँग सम्पर्कमा रहने गरेका हुन्छन् । जागिरको सिलसिलामा कतिपय बूढाबूढी साथमा बस्न नपाएको कारण पनि कुनै तेस्रो व्यक्तिसँग नजिकिन पुगेको अवस्था छ ।

अतिरिक्त सम्बन्धमा रहनेहरू धेरैजसो त शारीरिक आवश्यकता परिपूर्ति गर्नैका लागि मात्रै रहेका हुन्छन् भने कोहीकोहि भावनात्मक रूपमा पनि नजिक भएका हुन्छन् । आजभोलि सबैजसो युवायुवती मायामा परेका हुन्छन् तर सबैको आफूले रोजेको व्यक्तिसँग विवाह हुँदैन । विभिन्न पारिवारिक दबाबमा आएर अर्कै व्यक्तिसँग विवाह बन्धनमा बाँधिएका हुन्छन् तर मनमा माया पहिलेकै साथीको हुनेहुदा कतिपय मानिस लुकिछिपी पहिलेकै व्यक्तीसँग सम्बन्धमा रहने गरेका पनि हुन्छन् । कतै पार्कहरू तिर घुम्न जाँदा कुनै कुनै जोडीहरू एकदमै अस्वाभाविक देखिन्छन् । कतिपय बाबु समान व्यक्तिहरू आफ्नो छोरिसमान केटीसँग मस्त गफिइरहेका हुन्छन् । दुई दिन बाच्ने जिन्दगीमा मरिलानु के नै छ र भनी क्षणिक आनन्दप्राप्तीका लागि गासिने यस्ता गलत सम्बन्धको परिणाम कहिल्ये राम्रो हुँदैन ।

अतिरिक्त वैवाहिक सम्बन्धले गर्दा कतिपय बाबुआमाले आफ्नो सन्तानलाई पर्याप्त समय दिन सकिरहेका हुँदैनन् । एक पटक सोचौँ त, आफ्नो गोप्य सम्बन्धको बारेमा । आफ्नो सन्तानलाई थाहा भयो भने उसको मनमस्तिष्कमा कस्तो मानसिक असर पर्छ ? सन्तानलाई समय दिन नसक्नुको साथै यसले पतिपत्नी बिचको पवित्र सम्बन्धमा फाटो ल्याउने,विभिन्न शङ्का उपशङ्का उत्पन्न गराइ झै झगडा गराउनेदेखि अन्तमा डिभोर्स नै गराउने अवस्थासम्म पुर्याउछ । समाजमा मुख देखाउनै गाह्रो हुने तथा आफ्नो इज्जतमा कहिले नमेटिने दाग लाग्दछ ।

व्यक्तिको पारिवारिक र व्यक्तिगत जीवन नै बर्बाद हुन्छ । कतिपय ब्ल्याकमेलमा परेर आफ्नो कुकर्मप्रति पछुतो मानिरहेका पनि हुन्छन् । यस्ता अनैतिक सम्बन्धले नैतिक सम्बन्धलाई ध्वस्त त बनाउछ्न नै, समाजको सामाजिक एकतामा पनि खलल पुर्याउछ् । समाजमा विभिन्न अपराधको जन्म दिन्छ । आजकल दिनै जसो आफ्नो श्रीमान्द्वारा श्रीमतीको हत्या, नवजात शिशु आफ्नै आमाद्वारा मारेर फालिनु, जेठाजुबाट बुहारीको हत्या जस्ता आपराधिक घटनाहरू अतिरिक्त वैवाहिक सम्बन्धकै नतिजाहरू हुन् । जून एकदमै हिंस्रक हुन्छन् ।

त्यसकारण आफ्नो पारिवारिक माया मोह छोडेर बाहिरी बनावटी रमाइलोमा रुमल्लिने काम गर्न हुँदैन । रमाइलोमा साथ दिन त सबै भेला हुन्छन् तर जिन्दगीको दु:खद घडीमा साथ दिने भनेको आफ्नो परिवार नै हुन्छ ।अरुबेला जुस पियाउने त धेरै भेट्टाइन्छ होला तर आफू बिरामी भई थला पर्दा छेउमा बसी पानी पियाउने आफ्नै परिवार हुन्छ । दुई नाउमा एक एक खुट्टा हालेर नदी पार गर्न खोज्दा त्यो नाउ डुब्ने निश्चित नै हुन्छ। त्यसैले गोप्यरुपमा बनेका साथीलाई भन्दा खुल्ला रूपमा बनेको आफ्नो जीवनसाथीलाई समय दिने गरे वास्तवमै जीवन स्वर्ग बन्छ ।

प्रतिक्रिया दिनुहोस