१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुट अन्त्य नभएसम्म कांग्रेस बलियो हुन सक्दैन : सभापति देउवा

अ+ अ-

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन् ।
‘पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो’, उनले भने ।

मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल कांग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उनको भनाइ थियो । ‘आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ’, सभापति देउवाले भने । अन्तरघात मुक्त कांग्रेस निर्माणमा प्रजातान्त्रिक विचार समाज लाग्नुपर्नेमा उनले जोड दिए ।

सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै कांग्रेस भित्र सशत्त एकताको खाँचो रहेको बताए।

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध संघर्षमा जानुपर्ने बेला आएको बताए ।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी आन्तरिक प्रतिस्पर्धाभन्दा कलहमा फस्दा समस्या उत्पन्न भएको बताउँदै पार्टीभिक्र सैद्धान्तिक, नीति, कार्यत्रममा आधारित एकता आवश्यक भएको धारणा व्यक्त गरे

नेता सिटौलाले प्रेस स्वतन्त्रताको पक्षमा काङ्ग्रेस सधैँ दृढ रहेको पनि स्पष्ट पारे ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा निरङ्कुशको बाटोमा अगाडि बढ्न खोजेको बताए । मिडिया काउन्सिल, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद् विधेयकले सरकारले सत्ता कब्जा गर्ने खेल गरेको आरोप लगाउँदै उनले पार्टीभित्रको जागरण अभियानका लागि स्वजागरण अभियान आवश्यक रहेको बताए ।

कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसले लिएको प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बारेमा देशभर प्रजातान्त्रिक विचार समाजले बहस चलाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले पार्टीभित्रको मतभेदले कांग्रेसलाई फाइदा पुग्दैन, प्रजातान्त्रिक विचार समाज सबै नेता तथा कार्यकर्तालाई समेटेर अगाडि बढ्न चाहन्छ भन्दै समाजले आगामी दिनमा सबै जिल्लामा शाखा विस्तार गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले विभाग र भ्रातृ संस्थालाई खाली गरेर जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए ।

समाजका पूर्वअध्यक्ष प्रा डा.चन्द्रलाल श्रेष्ठ, नेपाल बार एशोसिएशनका महासचिव लक्ष्मण पौडेल, पूर्वसांसद सकलदेव सुतियार, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीलगायतले सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने प्रयास गरिरहेको बताउँदै सरकारको गतिविधिविरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गरे ।

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको समाजले ४७ जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए । दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ

प्रतिक्रिया दिनुहोस