८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ : मन्त्री ढुङ्गेल

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् ।

प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उनले भने, ‘वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।’

मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै सर्वसाधारण नागरिकले सहज रुपमा सार्वजनिक सेवा पाउने वातावरण सिर्जना गर्नुपर्दछ भने ।

प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानका लागि भनेर स्थापना भएको कृषि विकास बैंकले कृषि क्षेत्र तथा किसानका लागि काम गर्नुपर्ने बताए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रदेश ३ को आवश्यकता र प्राथमिकतालाई हेरेर बैंकले प्रदेशसँग सहकार्य गर्ने बताए । ‘हामीलाई प्रदेश सरकारले सदुपयोग गरोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले कृषिमा वित्तीय स्रोतको व्यवस्थापन गरेर उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस