२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद्मा, केही दिन भित्रै विज्ञापन गर्ने तयारीमा आयोग

अ+ अ-

काठमाडौँ । स्थानीय तहका लागि लोक सेवा खोल्नेबारे बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।

स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित आयोगले पठाएको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो ।

आयोगले बाधा अड्काऊ फुकाऊ र नीतिगत यवस्थासम्बन्धमा निर्णय गर्न आग्रह गर्दै परामर्शसहितको पत्र पठाएको थियो । र, यस विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसमेत मन्त्रालयमा छलफल भएको थियो ।

सम्बन्धित समाचार : ‘फास्ट ट्रयाक’मा कर्मचारी भर्ना गर्ने सम्बन्धमा अध्यक्ष-मन्त्री बिच भएको छलफल सकारात्मक

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रस्ताव पारित गर्नेछ ।

यससँगै आयोगले केन्द्र तथा देशभर रहेका कार्यालयमार्फत विज्ञापन गर्ने तयारी तीव्र पारेको छ । प्राप्त मागअनुसार ८० प्रतिशत भन्दा बढी खरिदार र नायव सुब्बा (प्राविधिक र प्रशासनिक) खुल्ने छ भने बाँकी अधिकृत र अन्य स्तर रहेको स्रोतले बतायो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै लोकसेवालाई पत्र पठाउँदै ४ सय ३७ वटा स्थानीय तहमा ११ हजार ४ सय ९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

सम्बन्धित समाचार : स्थानीय तहको विवरण लोक सेवा पठाइयो, ४३७ स्थानीय तहका लागि ११,४९२ पद माग

स्थानीय तहका लागि कर्मचारीको विज्ञापन गर्ने सन्भर्दमा तह र श्रेणीका बिचमा देखिएको अन्यौलता, तहगत परीक्षाका लागि आवश्यक योग्यता, बढुवाको क्षेत्र, कार्यविधि, बढुवा उम्मेदवारलगायत विषयमा नीतिगत निर्णय हुनुपर्नेलगायत विषयमा आयोगले स्पष्टता खोजेको थियो ।

प्रतिक्रिया दिनुहोस