२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठ हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित दुई जना विरुद्ध मुद्दा दायर

अ+ अ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालयलाई प्राप्त भएको काठ विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोगेन्द्रसिंह राजपूतले बिक्री वितरण गरी हिनामिना गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त एक हजार ७९२ क्युफिट सालको काठ, असना र विद्यालय परिसरमा रहेका आँप र सिमलका रुख बिक्री गरेको पाइएको छ ।

विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले रु ११ लाख ४५ हजार बराबरको भ्रष्टाचार गरेको आरोपमा बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

यस्तै आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत विमला विष्टलगायतको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस