२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ लाई डिजिटल प्रदेशको रुपमा विकास गरिरहेका छौ : मुख्यमन्त्री राई

अ+ अ-

बिराटनगर । शुक्रवारदेखि बिराटनगर स्थित होटल स्टर्न स्टारमा फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाको सुरुवात भएको छ । मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेको कार्यक्रममा ४० भन्दा बढि स्टलहरुमा विभिन्न स्टार्टअप, कम्पनी र विद्यार्थीका प्रोजेक्टहरु पदर्शनमा रहेका छन । कार्यक्रमको उदघाटन मुख्यमन्त्रीले रोबोट सेन्सर प्रविधि मार्फत गरेका हुन ।

ड्रोन नेपालले निमार्ण गरेको प्रविधिमा मुख्य मन्त्रीले मोवाइलमा एप्लिकेशन अन गरेर पानसमा बत्ती बालेका थिए । यस प्रकारको नयाँ प्रविधि मार्फत कार्यक्रम उदघाटन गरिएको यो नै पहिलो उदाहरण रहेको अतिथीहरुले बताए । यसैगरी कार्यक्रममा मुख्यमन्त्री र पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले रोबोटबाट फुटवल गेम खेलेका थिए । पिसिआरटीले रोबोट प्रतिस्प्रधासँगै अन्य नयाँ प्रविधिहरु प्रदर्शनमा राखेको छ । यसैगरी इस्टर्न कलेज अफ इन्जिनियरिङमा अनलाइन भोटिङ मेसिन र केहि रोबोटहरुको प्रदर्शन गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रमा अग्रणी मिडियाको रुपमा स्थापित लिभिङ विथ आइसिटीले यहि बैशाख २७ र २८ गते फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना गरिरहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले अबको समयमा प्रविधिलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । प्रदेश १ लाई प्रविधि क्षेत्रमा अगाडी बढाएर उत्कृष्ट प्रदेशको रुपमा विकास गर्न विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिए । उनले अबको सरकारी सेवालाई डिजिटल गर्भनेन्सको रुपमा अघि बढाउन लागिएको मुख्यमन्त्रीले बताए ।

स्र्टाअप, इनोभेसन र उद्यमशिलतालाई प्रोत्साहन गरौ भन्ने नारा सहित आयोजना भइरहेको कार्यक्रममा बिराटनगर वाहेक काठमाण्डौ, झापा र सुनसरी क्षेत्रका आइटी कम्पनी तथा कलेजहरुको सहभागिता रहेको छ । प्रदर्शनीमा ५ सयभन्दा बढि दुरीसम्म वाइफाई प्रदान गर्ने ओर्बी लगायत एउटा पिसी मार्फत ४० कम्प्युटरमा कनेक्ट गरेर कम्प्युटर चलाउन मिल्ने प्रविधिहरु राखिएको छ । यसैगरी विलिङ, सेल्स, एकाउन्टिङ, एजुकेशन र अनलाइन स्टोरका सफ्टवेयरहरु समेत प्रदर्शनम रहेका छन ।

कार्यक्रमको दोश्रो दिन अर्थात शनिवार आइसिटी कन्फ्रेन्सको आयोजना हुनेछ । कन्फ्रेन्सको पहिलो सेसनमा स्थानिय स्तरमा उद्यमशिलता तथा स्टार्टअपका समस्या, चुनौती र अवसरहरुका बारेमा छलफल र प्यानल डिस्कसन हुनेछ भने दोश्रो सेसन नयाँ प्रविधि र ट्रेन्ड्सका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम संयोजक राजन लम्सालले बताए ।

सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, आइओटी र उद्यमशिलताका विषयमा काठमाण्डौबाट आउने विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन । कन्फ्रेन्समा सहभागी हुनको लागि रु १ हजार रुपैया तिर्नुपर्ने तर प्रदर्शनी हेर्नको लागि सबैलाई निशुल्क प्रवेश गराइएको छ । स्र्टाअप मेला शनिवारसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस